विजयनगरमा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान


चन्द्रौटा  ,टुडे पत्र -कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्यकर्मीहरूले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गाउंपालिका अध्यक्ष गोपाल बहादुर थापाले दिपावली र छठ पर्वको महत्त्वबारे चर्चा गर्दै यी पर्वहरूले समाजमा सुख, शान्ति र एकता कायम राख्ने बताउनु भयो ।

कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले स्वास्थ्यकर्मीहरूको सामाजिक सद्भाव र सेवाको प्रशंसा गर्दै, सामुदायिक स्वास्थ्य सेवामा यस्ता कार्यक्रमहरूको महत्त्व रहने बताउनु भयो ।

गुगौली स्वास्थ्य चौकीको सभाहलमा आयोजनामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख यज्ञ अधिकारीले यस्ता कार्यक्रमले समुदाय र स्वास्थ्य क्षेत्रबीचको सम्बन्ध अझ मजबुत बनाउने बताउनु भयो ।

उपाध्यक्ष लक्ष्मी चौधरीले चाडपर्वको अवसरमा आयोजित्यो कार्यक्रमले सबैलाई एकताको सन्देश दिने बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार