एमाले शिवराज वडा कमिटीको शोक सभा सप्पन्न


कपिलवस्तु -शिवराज नगरपालिका वडा नम्बर ५, नयाँ बस्ती निवासी  नेकपा एमालेकी संगठित सदस्य मनकला बिककी माता सुन्तली बिकको निधनमा नेकपा एमालेले शोक सभा  गरेको छ।

एमाले शिवराज नगरपालिका वडा नम्बर ५ को आयोजनामा  भएको  शोक सभामा एमाले प्रदेश कमिटीका सदस्य नेत्रराज अधिकारीले यस दुखद घडीमा हामी सबैजना एकजुट भएर परिवारलाई साथ र सहानुभूति प्रकट गर्दै आगामी दिनमा पार्टी ले गर्नु पर्ने हर सहयोग गर्ने बताउनु भयो ।

।एमाले जिल्ला कमिटी सदस्य जगत पौडेल पारिवारिक पृष्ठभुमि प्रस्तुत गर्दै स्वर्गीय सुन्तली बिकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको  थियो ।

शोक सभा  एमाले वडा कमिटीका अध्यक्ष प्रेम सुनारको अध्यक्षता र सचिव जीवन केसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

शोक सभामा एमाले नेता चन्द्र बहादुर गहतराज, विष्णु प्रसाद खतिवडा, महादेव पोखरेल, नेत्र बेल्बासे, सरोज पौडेल, गोपाल बन्जाडे, शान्ता विश्वर्मा लगायत नगर र वडा कमिटीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

यस शोक सभामा स्थानीय नेताहरूले स्वर्गीय सुन्तली बिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए।

 

धेरै पढिएको

ताजा समाचार