
कपिलवस्तु -कपिलवस्तुको बाणगंगा नगरपालिकामा हाइटेन्सन लाइनमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ। वडा नम्बर ८ स्थित १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको टावरमै अड्किएर जलेको अवस्थामा भेटिएका छन्।
प्रहरीका अनुसार मृतक वडा नम्बर ८ बालापुर बस्ने रामदेव थारुका छोरा तुलसी थारु ‘बर्ष चालिस’ रहेका छन् । मृतक थारुले लामो समयसम्म मिस्त्री काम गर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयका अनुसार मृतक थारुमा मानसिक समस्या पनि रहेको थाहा भएको छ ।
उक्त व्यक्ति चढेका बेला करेन्टले उनलाई लागेर घटनास्थलमै अड्किएको अवस्थामा फेला पारिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जिसीले बताए ।
उनको पिपरा अस्पतालमा पोष्टमार्टम हुने इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ती ब्यक्ति पोलमा के कारणले चढे त्यो भने खुल्न नसकेको भन्दै घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।