ग्रीन ज्याकपट क्यासिनोमा नेपालीहरु निर्वाध रुपमा जुवा खेल्दै


चन्द्रौटा -कपिलवस्तुको चन्द्रौटा स्थित ग्रीन ज्याकपट क्यासिनोमा नेपाली नागरिकको निर्वाध प्रवेश गरि जुवा खेल्ने गरेको रहस्य खुलेको छ ।

क्यासिनोमा नेपालीलाई प्रवेश रोक तथा जुवा खेल्न प्रतिबन्ध भए तापनि केही नेपाली नागरिकले नियमित रूपमा जुवा खेल्दै आएका छन । नेपाली नागरिकले क्यासिनो सञ्चालकसँगको चिनजानका आधारमा सजिलै प्रवेश पाइरहेको स्रोतले जनाएको छ ।

सुनिल भनिने व्यक्ति प्रमुख सेटिङ्कर्ता

क्यासिनो सञ्चालक सुनिल नामक व्यक्तिले नै सेटिङ्गको व्यवस्थापन गरिरहेको र नेपालीलाई भारतीय नागरिकको रूपमा क्यासिनोमा प्रवेश गराई जुवा खेल्न दिने गरिएको स्रोतको भनाइ छ । सुनिलले भारतीय नागरिकका नाममा नेपाली नागरिकबाट क्यासिनो चलाउने गरेको स्रोतले जनाएको छ । नेपाली कानूनी प्रक्रियालाई बेवास्ता गर्दै पावरको बलमा नेपालीलाई क्यासिनोमा प्रवेस गराइएको स्रोतको दावी छ ।

भारतबाट अवैध पैसा र मदिरा तस्करीभारतिय नागरिकले नेपाल आउदा भारु २५ हजार मात्र ल्याउन पाइने कानूनी प्रावधान छ । उक्त प्रवधानलाई चुनौती दिँदै क्यासिनो सञ्चालकहरूले लाखौं भारतीय रुपैयाँ सेटिङ्गमार्फत नेपाल भित्र्याउने गरेको स्रोतको भनाई छ । भारत सीमा हुँदै आउने गाडीमा नै भारतीय रकम र महँगा मदिरा ल्याउने गरिएको छ, जसले नेपालमा प्रतिबन्धित वस्तुहरूको अनाधिकृत व्यापार बढेको छ

नक्कली भारतीय आधारकार्ड प्रयोग गरी नेपालीलाई प्रवेश

स्रोतका अनुसार, केही नेपाली नागरिकलाई नक्कली भारतीय आधारकार्ड बनाई क्यासिनोमा प्रवेश गराइएको छ । यसले गर्दा कानूनी रूपमा रोकिएको भए तापनि उनीहरू सजिलै जुवा खेलिरहेका छन् ।
चन्द्रौटाका एक स्थानीय व्यक्तिले नाम नबताउने सर्तमा बताए अनुसार, “क्यासिनोमा पैसा भए पुग्छ, प्रवेशमा कुनै रोकटोक छैन ।”

क्यासिनोमा अवैध रूपमा मदिरा पिलाउने र भारतीय मुद्रा तस्करीजस्ता गतिविधिले समाजमा नकारात्मक प्रभाव परिरहेको भन्दै स्थानीयले सम्बन्धित निकायसँग तत्काल कारबाहीको माग गरेका छन् । क्यासिनोमा संलग्न स्थानीय कामदारहरूको कारणले पनि यस गलत गतिविधिमा स्थानीय युवाहरूलाई सहजै तान्ने काम भइरहेको छ ।

धेरै पढिएको

ताजा समाचार