
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिका–१, उमरीमा अवस्थित थारु संग्रहालयले आफ्नो प्रथम वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले थारु संग्रहालय यस नगरको सांस्कृतिक पहिचान भएको बताउँदै यसको संरक्षण र विकासका लागि नगरपालिका सदैव प्रतिवद्ध रहेको बताउनु भयो।
थारु समुदायको इतिहास र संस्कृति जगेर्ना गर्न संग्रहालयले महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भयो ।
साधारणसभामा शिवराज नगरपालिका वडा नम्बर १ का अध्यक्ष खिम बिक्रम केसी, वडा नम्बर २ का अध्यक्ष राम बहादुर चौधरी, पत्रकार सनिउल्लाह धोवी, र एकीकृत सुरही सामुदायिक वनका अध्यक्ष फानेश्वर न्यौपानेले कार्यक्रमलाई शुभकामना मन्तव्य दिनुभएको थियो।
थारु संग्रहालय संरक्षण समिति अध्यक्ष प्रकाश थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका उपाध्यक्ष हरि प्रसाद चौधरीले स्वागत मन्तव्य, सचीव रामनरेश चौधरीको सञ्चालन कार्यक्रम सप्पन्न भएको थियो। यसै अवसरमा संग्रहालयको प्रवर्धनका लागि टिसर्ट बिमोचन समेत गरिएको थियो।