
कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा अवस्थित एकीकृत सुरही सामुदायिक वन उपभोक्ता समितिको ११ औँ साधारण सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष फानेश्वर न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री अर्जुन कुमार केसीको प्रमुख आतिथ्यता र डिभिजन वन कार्यालय चन्द्रौटाका प्रमुख राजु क्षेत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पूर्व मन्त्री केसीले वनले आफ्नो आम्दानीको केही प्रतिशत गरिब तथा विपन्न वन उपभोक्ताको जीवनस्तर उकास्न लगानी गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले एकीकृत सुरही सामुदायिक वनलाई यस क्षेत्रको पुरानो वनका रूपमा परिचित गराउँदै सामाजिक कार्यमा पनि योगदान गर्दै आएको बताउनुभयो ।
डिभिजन वन प्रमुख राजु क्षेत्रीले नीतिगत आधारमा कार्ययोजना बनाएर वनहरूको दिगो व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । आफु वन अधिकृत भएको नाताले पनि वनको संरुक्षण गर्नुपर्ने दायित्व रहेको हुदा वन संरक्षण र सामुदायिक वनको विकाशका लागि सहयोग गर्ने पनि बताउनुभयो ।
समितिका अध्यक्ष न्यौपानेले वनको स्थापना यता वन संरक्षण, उत्पादन तथा सामाजिक सेवामा योगदान दिँदै आएको बताउँदै एकीकृत सुरही सामुदायिक वनमा पर्ने उमरी डाँडालाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यक्ष न्यौपानेले प्रगति प्रतिवेदन प्रस्तुत गर्दे आगामी आर्थिक वर्षका लागि रु १ करोड ८ लाख ५८ हजार २९२ को प्रस्तावित आय–व्यय विवरण प्रस्तुत गर्नुभयो ।
आर्थिक प्रतिवेदन प्रस्तुत गर्दे कोषाध्यक्ष रविन्द्र बुढाथोकीले आर्थिक वर्ष २०८०÷८१ मा रु १ करोड ५५ लाख ७१ हजार १४५ को आय–व्यय प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
साधारण सभामा कार्यक्रममा सामुदायिक वन महासंघ कपिलवस्तुको उपाध्यक्ष कौशलराज न्योपाने, शिवराज वडा नं १ का वडा अध्यक्ष खिम बिक्रम केसि, पुर्व वडा अध्यक्ष जगत बहादुर जिसि, दिनेश पुन, शिवपुर खानेपानि तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ढुन्डि अधिकारी लगायतले वन संरक्षण र वन पैदावारको उचित उपयोगले उपभोक्ताहरूको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष प्रकाश न्यौपानेले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव सिता पन्थले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।