स्वमुल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्याङ्कनमा विजयनगर प्रथम


कपिलवस्तु –

कपिलवस्तुकाे विजयनगर गाउँपालिका स्वमुल्याङ्कन (लिजा) र स्थानीय तह वित्तीय सुशासन जाेखिम मुल्याङ्कनमा जिल्लामा गाउँपालिकाहरु मध्ये प्रथम भएको छ । जिल्लाका ४ गाउँपालिकाहरु मध्ये उच्चतम अंक प्राप्त गरि विजयनगर गाउँपालिका उच्चतम अंक प्राप्त गरि प्रथम हुन सफल भएको हाे ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७९/०८० मा स्थानीय तहले गरेको कामका सम्बन्धमा आर्थिक वर्ष २०८०/०८१ मा मूल्याङ्कनमा गरेको प्रकाशनको आधारमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याडून र स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाको गाउँपालिकाहरू मध्ये उच्चतम अंक प्राप्त गर्न सफल भएपछि जिल्ला समन्वय समितिले प्रशंसा-पत्रले गाउँपालिकालाई सम्मान गरेकाे छ  ।

विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्वमुल्याङ्कन र स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा प्रथम भएपछि जिल्ला सभाले बुधबार गाउँपालिकालाई सम्मान गरेकाे बताए । अध्यक्ष थापाले यस सम्मानले पालिकाकाे चाैतर्फी विकासमा थप हाैसला र प्रेरणा दिएकाे बताउँदै विजयनगर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि जनप्रतिनिधिहरु लगायत कर्मचारी समेत अहाेरात्र खटेर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

धेरै पढिएको

ताजा समाचार