धनचौराका कृष्ण दर्जीका दुवै मिर्गौला फेल: सहयोगको याचना


कपिलवस्तु- दुवै मृगौला विग्रिएर जीवनमरणको दोसाँधमा रहेका अर्घाखाँचीको भुमिका स्थान नगरपालिका १० पांकु देउराली स्थायी घर भएका ३१ वर्षीय कृष्ण बहादुर . दर्जीको परिवारले उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका छन्।

अहिले दुबै मृगौलाले काम नगर्ने अवस्थाका कारण जीवन र मरणबीच संघर्ष गरिरहेका छन्।रोजगारको सिलसिलामा भारतमा रहेका दर्जि विरामी भए पछि उपचार खर्चको जोहो नभएपछि विरामी शरीर लिएर घर आएर बस्न बाध्य भएका छन ।
दुवै मिर्गौला फेल भएर निरन्तर डाइलाइसिस गर्न समेत आर्थिक अभावले नसकेपछि किड्नी प्रत्यारोपण गर्न पैसा अभाव भएकाले आवश्यक रकम जुटाइदिन उनकि श्रीमती शिवा नेपालीले अग्रह गरीन ।

परिवारसहित कपिलवस्तुको शिवराज–२ हल्ला नगरमा भाडाको कोठामा बस्दै आएको परिवार बिरामी भएपछि अहिले थप समस्यामा परेका छन्।
कमाउने मुख्य सदस्य बिरामी परेपछि परिवारले कोठा भाडा तिर्न नसकेर शिवाकै माइती परिवारसँग बिजयनगरको नेवलिगञ्जमा बस्न बाध्य भएको छ । ५ र ७ वर्षका दुई साना छोराको भविष्यको चिन्ता पनि थपिएको छ।

कृष्ण दर्जी कामको सिलसिलामा भारत पुगेका बेला एक्कासि बिरामी परे। अस्पतालमा परीक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा भयो। यति ठूलो रोग लागेपछि उपचारका लागि आवश्यक रकम अभावका कारण उनले नियमित उपचार गराउन सकेनन्।

परिवारले कुनै कुनै समय बुटवलमा उपचार गराउन खोजेपनि आर्थिक अवस्था कमजोर भएका कारण निरन्तरता दिन सकेन। अस्पतालमा हुनु पर्ने बिरामी अहिले घरमै बसेर जीवन बिताइरहेका छन्।

कृष्णको उपचारका लागि सहयोगको खाँचो रहेको परिवारले बताएको छ। यस आर्थिक संकटबाट पार पाउन समाजसेवी, संघसंस्था र दाताहरूसँग सहयोगको अपिल गरेका छन ।

करिव एक महिनाअघि दुवै किड्नी बिग्रिएपछि समान्य उपचार गराए पनि व्यथाले च्याप्दै गएपछि उपभारको लागि अस्पतलमा पुगेका उनी धेरै रकम लाग्ने भए पछि भर्ना समेत हुन सकेका छैनन । आर्थिक अवस्था न्यून भएका दर्जि अहिले आर्थिक अवस्था कमजोर भएपछि चिन्तित छन्। विरामी दर्जिले सहयोगी संघसंस्था र व्यक्तिले सहयोग गरिदिए आफूले नयाँ जीवन पाउनसक्ने बताउँदै सहयोगको अपिल गरका छन

थप जानकारीका लागि विरामीकी श्रीमतिको ९८४८६३७७४१ नम्वरमा फोन गरी जानकारी लिन सकिने छ।

सहयोगकालागि खाता न 04010501207491

everest  bank  ltd -krishna  bahadur darji

 

धेरै पढिएको

ताजा समाचार