विजयनगरले स्वास्थ्य बिमा शुल्कमा ५०% अनुदान दिने


कपिलवस्तु-विजयनगर गाउँपालिकाले आफ्ना सबै परिवारलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत अनुदान दिने योजना सार्वजनिक गरेको छ। यो योजना आर्थिक रूपमा कमजोर परिवारहरूको स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने उदेश्य ले यो अभियान थालिएको हो ।

पालिकाका अध्यक्ष गोपाल बहादुर थापाले गाउँपालिकावासीलाई सहज स्वास्थ्य सेवामा पहुँच दिलाउन यो योजना निर्णायक हुने  बताउनुभएको छ।  मङ्सिरबाट लागू हुने यो कार्यक्रमका लागि आवश्यक बजेट हिउँदे गाउँ सभाबाट विनियोजन गरिने बताउनु भयो।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले यो सहुलियत योजना गाउँपालिकावासीलाई स्वास्थ्य बिमा गर्न प्रेरित गर्ने उद्देश्यले ल्याइएको बताउनु भयो ।  पालिकाले आधारभूत अस्पताल सञ्चालन गर्ने तयारी पनि गरिरहेको छ, जसले गाउँपालिकावासीलाई थप लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

यस योजनाले ६,००० भन्दा बढी परिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने लक्ष्य राखेको छ। स्वास्थ्य बिमा बोर्डका जिल्ला संयोजक वशिष्ठ तिवारीका अनुसार, यस्ता कार्यक्रमहरूले स्वास्थ्य बिमा गराउनेको संख्यामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछन्।

हाल कपिलवस्तु जिल्लामा १ लाख २२ हजार २८० जनाले स्वास्थ्य बिमा गरिसकेका छन्। यो योजना कार्यान्वयन भएपछि बिमा गराउनेको संख्या थप बढ्ने विश्वास गरिएको छ।

स्वास्थ विमाको कार्यक्रम ले  विजयनगर गाउँपालिकालाई स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बनाउँदै सामाजिक सुरक्षामा ऐतिहासिक कदम चाल्न सहयोग  गर्ने यज्ञ अधिकारिले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार