
कपिलवस्तु –
रविन पौडेलको नेतृत्वमा शिवराज जेसीज २०२५ गठन भएको छ। शिवराज जेसीजको आज भएको आठौं साधारण सभा तथा सातौं शाखा अधिवेशनबाट पौडेलको अध्यक्षतामा सर्वसहमत समिति चयन भएको हो। समितिको कार्यकारी उपाध्यक्षमा शिवु अधिकारी, संकर रीमाल, उपाध्यक्षमा बालकृष्ण न्यौपाने, लेखनाथ अधिकारी, मन्जु पौडेल चयन भएको निर्वाचन मण्डलका संयोजक यज्ञ प्रसाद पौडेलले जानकारी दिनुभयो ।
समितिको महासचिव, कोषाध्यक्ष र अन्य सदस्यहरू मनोनित गरिने पनि पौडेलले बताउनुभयो।
जेसीज २०२४ का अध्यक्ष केशव खनालको अध्यक्षता र शिवराज जेसीजका संस्थापक अध्यक्ष सरोज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जेसीज २०२४ का महासचिव रविन पौडेलले प्रगति प्रतिवेदन र २०२४ का कोषाध्यक्ष शिवु अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सरोज पौडेलले शिवराज जेसीज २०२५ को टिमलाई युवाहरूमा नेतृत्वदायि भूमिका विकास गर्न आग्रह गर्नुभयो। क्लबलाई सक्रिय बनाउँदै लैजान निर्देशन दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
जेसीज २०२४ का अध्यक्ष केशव खनालले अब छिट्टै पद हस्तान्तरण गरी पूर्ण समिति बनाइने बताउनुभयो। कार्यक्रममा शिवराज जेसीजका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।