
फाल्गुन ५ गते / कपिलवस्वतु
वन कार्यालय कपिलवस्तु गौतमबुद्ध को आयोजनामा रहतावल सामुदायिक वनको वनमा वन डढेलो रोकथाम तथा नियनत्रण तथा क्षमता अभवृद्धि तालिम सरोकारवाला संग कार्यक्रम सम्पन्न भएको छ।सब डिभिजन कार्यालयका वरिष्ट वन अधिकृत पहमान सेरमुजा मगरले वन डढेलो रोकथाम , नियनत्रण तथा क्षमता अभवृद्धि तालिम कार्यक्रमा सहजिकरण गर्नु भएको थियो। कार्य्रकममा उहाँले यस डिभिजन वनले डढेलो रोकथामका लागि आधुनिक अ ौजार यस बोलोर पहिलो पटक प्रयोगमा लाइएको र यसको प्रयोगले डढेलो नियन्त्रणमा सहज हुने बताउनु भयाे। त्यस्तै कार्यक्रमा कुनै होटल तथा चौराहामा मात्र कुरा गरेर वन डढेलो रोकथाम तथा नियनत्रण नहुँने हुनाले वनमा नै के कसरी वनमा आगलागी हुन नदिने भनी आभयास् गरीएको बताउनु भयो । कार्यक्रमा कपिलवस्तु साझेदारी वनका अध्यक्ष गङ्गेस तिवारी शिवराज साझेदारी वनका अध्यक्ष हरि पोख्रेल वाड न ५का वाड सदस्य धनिराम चौधरी वाड न ३का वाड सदस्य श्यामलाल थारु रहतावल सामुदायिक वनअध्यक्ष तथा सम्पूर्ण पदाधिकारी , चेतनसिल सामुदायिक वनका सम्पूर्ण पदाधिकारी लगायत विभिन्न सघ सस्थाका प्रतिनिधि हरुको उपस्थितमा रहतावल सामुदायिक वन क्षेत्रमा कार्यक्रम सम्पन्न भएको थियो।