लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध प्रभातफेरी र्याली


चैत्र १४ गते / कपिलवस्तु ।

कपिलवस्तुको चन्द्रौटामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध प्रभातफेरी र्याली सम्पन्न भएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाको अगुवाइमा निकालिएको र्यालीमा सरकारी तथा गैरसरकारी निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन चन्द्रौटा चोकमा कोणसभाका रूपमा गरिएको थियो ।

कोणसभामा वक्ताहरूले युवापुस्तालाई लागुऔषध दुरुपयोगबाट बचाउन सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको थियो ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले लागु औषध दुरुपयोग नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनु भयो ।

प्रशासन, प्रहरी, स्थानीय सरकार तथा नागरिक समाजले एकसाथ अभियान चलाए मात्र यस समस्यालाई नियन्त्रण गर्न सकिन्छ भनेर उहाले जानकारी दिनुभयो  ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले नगरपालिकाले लागुऔषध नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराउनु भयो ।

उहाले भन्नुभयो “स्थानीय तहको तर्फबाट आवश्यक नीति तथा कार्यक्रम ल्याएर युवालाई सुरक्षित भविष्यतर्फ डोहोऱ्याउने प्रयास गरिन्छ ।”

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले प्रहरी लागुऔषध ओसारपसार तथा दुरुपयोग रोक्न कटिबद्ध रहेको बताउनु भयो  ।

शाहले “चन्द्रौटा क्षेत्रमा निगरानी बढाइएको छ । अवैध कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरिन्छ । यस अभियानमा सबैको सहयोग आवश्यक छ ।”

र्यालीमा स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, पत्रकार, बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
सहभागीहरूले ‘लागु औषध दुव्र्यसन अन्त्य गरौं, सुरक्षित समाज निर्माण गरौं’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

धेरै पढिएको

ताजा समाचार