मुक्ति समाज कपिलवस्तुको पहिलो बैठक सम्पन्न

चैत्र १८ गते / कपिलवस्तु

नेपाल उत्पीडित जातीय मुक्ति समाज शाखा कपिलवस्तुको पहिलो बैठक सम्पन्न भएको छ । देशमा बिधमान अराजकता फैलाउने विरूद्ध बुटवलमा हुने  चैत्र २९ गते  बृहत भेलामा सबै कमिटिहरूबाट सहभागिताको लागि लाग्नु पर्ने बैठकका प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव सि.बि गहतराजले जोडदिनु भयो । देशमा अराजकतालाई निस्तेज पार्दै गणतन्त्रको रक्षाका लागि टोल टोलबाट उठनुपर्ने  बैठकका प्रमुख अतिथि नेकपा एमाले कपिलवस्तु जिल्ला सचिव गहतराजले बताउनुभयो । त्यस्तै पार्टीले सारेको जरा केन्द्रीत अभियानलाई सफल बनाउन आआफ्नो टोलहरूमा लग्नुपर्ने प्रमुख अतिथि  गहतराजले जोडदिनुभयो ।

नेपाल उत्पीडित जातीय मुक्ति समाज कविलवस्तु जिल्ला अध्यक्ष राम प्रघट कोरीको अध्यक्षतामा संचालित बैठक उपाध्यक्ष रबिन परियारको स्वागत र सचिव किरण नेपालीको संचालनमा बैठक संम्पन्न भएको हो ।

 

धेरै पढिएको

ताजा समाचार