
चैत्र २४ गते÷ चन्द्रौटा कपिलवस्तु
नेकपा एमाले शिवराजनगर कमिटीले जरा केन्द्रित अभियानलाई तीव्रता दिएको छ । शिवराज नगरपालिका वडा नम्बर ५ समावेशी टोलमा टोल कमिटी गठन गरेको छ ।
ओमबहादुर थापाको नेतृत्वमा १३ सदस्य टोल कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा , कविता राउत सचीव सुशीला रायमाझी. ,सह–सचिवमा मधुसुधन सुवेदी , लीला सापकोटा सदस्यहरु बसन्ती अधिकारी दिलकुमारी थारु कमला घिमिरे ,गीता पौडेल, राधिका पाण्डे, चनिसरा खासु मगर, लगायत कमिटीमा चयन भएका छन् । कार्यक्रममाजरा केन्द्रित अभियालाई सफल बनाउन पार्टीको निति अनुसार एमाले जनताको घरघरमा पुग्दै एमालेको विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा जोड दिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन कुमार के सि, प्रदेश सल्लाहकार परिषद् सदस्य बेगम विश्वकर्मा, जिल्ला कमिटी सचिव सीबी गहतराज, प्रदेश विभाग सदस्य शिवराज सुवेदी, जिल्ला कमिटी सदस्य सरोज कुमार पौडेल, नेत्रप्रसाद बेलबासे, जगतप्रसाद पौडेल, जिल्ला कमिटी सदस्य तथा वडा नं ५ सह इन्चार्ज खगी सुनार, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल, शिवराज नगरपालिका वडा नम्बर ५ वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतको उपस्थिति थियोे ।