
चैत्र २८ / चन्द्रौटा
नेकपा एमाले शिवराजनगर कमिटीले जरा केन्द्रित अभियान अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर ५ खैरी टोलमा १९ सदस्य टाेल कमिटी गठन भएको छ । कमिटिमा अध्यक्ष दुजमान सुनार ,उपाध्यक्ष विवेक सुनार, सचिव जुली चौधरी, उपसचिव लक्षु सुनार, नितुमाया बिक र सदस्यहरू रूपा राउत, तिलबहादुर सुनार, तारा सुनार, सुशीला बुढाथोकी, रामकली यादव, सलिल मिया, साइजा मिया, धर्मराज यादव, सुलोचना सुनार, कुमारी माया बिक, लोकमान सुनार लगायत सदस्यहरू सहितको कमिटी गठन भएको हो।
त्यस्तै शिवराज नगरपालिका वडा नम्बर ५ नौडिहवा टोलमा १९ सदस्य टोल कमिटी गठन भएको छ। जसको अध्यक्षमा एमलाल पौडेल, उपाध्यक्षमा पार्वती कँडेल, सचिव विनिता सुनार, सहसचिव फुलमती थारु र आरती पुन लगायतको टोल कमिटी गठन भएको छ।
त्यस्तै इन्दु खनालको अध्यक्षतामा ११ सदस्य सहजटोल कमिटी गठन भएको छ । उपाध्यक्ष ताराबहादुर खत्री सचिव राधिका पौडेल सहसचिव पुष्पा क्षेत्री लगायतको कमिटी गठन भएको हो।
नेकपा एमालेको जराकेन्द्रित अभियानलाई तीव्रता दिँदै पार्टीको नीति अनुसार एमाले जनताको घरघरमा पुग्दै जनताका समस्या समाधानका लागि पार्टीले टोलटोलबाट समस्याहरुलाई पहिचान गरी अब त्यसको समाधानको लागि जरा केन्द्रित अभियान चलाएको र यो अभियानलाई सफल बनाउनका लागि पार्टीकाे निति अनुसार एमाले जनताकाे घरघरमा पुग्दै एमालेकाे विचार, सिद्धान्त र धारणासहित वडा केन्द्रित अभियानमा जाेड दिएकाे छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी, शिव कुमारी थारू, लुम्बिनी प्रदेश सभा सदस्य माननिय अर्जुन कुमार के सि, प्रदेश सल्लाहकार परिषद् सदस्य बेगम विश्वकर्मा, जिल्ला कमिटी सचिव सीबी गहतराज, प्रदेश विभाग सदस्य शिवराज सुवेदी, जिल्ला कमिटी सदस्य सरोज कुमार पौडेल, नेत्रप्रसाद बेलबासे, जगतप्रसाद पौडेल, जिल्ला कमिटी सदस्य तथा वडा नं ५ सह इन्चार्ज खगी सुनार, नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेल, शिवराज नगर उपसचिव शान्ता विश्वकर्मा, नगर कमिटी सचिवालय सदस्य रणदिप खतिवडा, फर्स बहादुर विश्वकर्मा, लेखा संयोजक नारायण आचार्य नगरपालिका वडा नम्बर ५ वडा कमिटीका अध्यक्ष प्रेम सुनार लगायतकाे उपस्थिति थियोे ।
कार्यक्रममा नेकपा एमाले शिवराज पाँच न वडा कमिटीका अध्यक्ष प्रेम सुनारको स्वागत मन्तव्य र नगर कमिटी सचिवालय सदस्य पदम ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।