शिवराज नागरीक मंच पुर्नगठन ।। पुनः खनालको नेतृत्व


बैशाष १५ गते / चन्द्रौटा क.ब
कपिलवस्तुको चन्द्रौटामा आज एक कार्यक्रम बिच शिवराज नागरीक मंच पुर्नगठन गरिएको छ । एक कार्यकाल नेतृत्व गरेका थानेश्वर खनालको संयोजकत्वमा १३ सदस्य समिति पुर्नगठन गरिएको हो । पछाडि पारीएका समुदायको सशक्तिकरणको माध्येमबाट अधिकार प्राप्तीका लागि दावा गर्न महत्वपुर्ण भुमिका निर्वाहा गर्ने समितिका संयोजक थानेश्वर खनालले बताउनुभयो ।


शिवराज नगरपालिकाको सबै वडाहरुबाट प्रतिनिधित्व हुने गरि समितिमा जगत जि.सि, उर्मीला चौधरी, गुलाम मोहम्मद, मणीराम उपाध्याय, निलम मिश्रा, आशिया थारु, पुनम नाउ, रिता शाहा, विष्णु भुषल रहेका छन भने वडा नं.७ र ८ बाट पछि मनोनित गर्ने निर्णय गरिएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा संचालित स्थानिय अधिकार कार्यक्रमद्धारा शिवराज नगरपालिका वडा नं.४, १० र ११ मा कार्यक्रम संचालन भएको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी गराउनुभयो । परियोजनाले महिला, बालबालिका, कृषकहरु र जलवायु न्यायका लागि काम गर्ने कार्यक्रम संयोजक चौधरीले थप स्पष्ट पार्नुभयो ।

धेरै पढिएको

ताजा समाचार