कपिलवस्तु, शिवराज–११ मा राहत वितरण कार्यक्रम सम्पन्न

कपिलवस्तु जेठ ०१ गते
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ११ मा आज एक कार्यक्रमबीच आगलागी पीडितलाई राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पीडित परिवारलाई पि–फरम, डसना, तन्ना, सिरानी, पानी पिउने बाल्टी, जग, मग, लुगा, झोला, कापी, कलम, पेन्सिललगायत सामग्री वितरण गरिएको हो ।

गत वैशाख ३० गते भएको आगलागीबाट १३ घरधुरीका ४९ जना प्रत्यक्ष प्रभावित भएका थिए । आगलागिबाट विद्यालय जाने बालबालिका, सुत्केरी महिला, नवजात शिशु तथा गर्भवती महिलाहरूले असहज अवस्था मार्फत जीवनयापन गर्दै आएका छन् ।

उक्त राहत वितरण कार्यक्रम शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु, शिक्षा शाखा प्रमुख पूर्ण विश्वकर्मा, वडा अध्यक्ष रामेश्वर प्रसाद वर्मालगायतको उपस्थितिमा सम्पन्न भएको हो ।

राहत वितरण कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा सञ्चालित ‘स्थानिय अधिकार कार्यक्रम’ तथा शिवराज नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार