जेठ २६ गते / कपिलवस्तु
विद्यार्थीहरुलाई कामको संसार चिनाउन विभिन्न साना उद्योगहरु अवलोकन भ्रमण सम्पन्न गरिएको छ । श्री रास्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटा कपिलवस्तुको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (ENSSURE) अन्तर्गत , विद्यार्थीहरुलाई कामको संसार चिनाउने (School to Work Transition) कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर २ मा रहेको लुम्बनी ग्रीन रिसोर्टमा तथा शिवराज नगरपालिका वडा नम्बर ५ मा रहेको न्यू उत्सव गार्मेट तथा विभिन्न साना उद्योग व्यवसाय अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अवलोकन कार्यक्रमा विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी बनाईएको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।









