राष्ट्रिय मा.वि.मा खाजा महत्सव सम्पन्न


असार ०२ गते /कपिलवस्तु
विद्यार्थीहरूलाई कामको संसार चिनाउने कार्यक्रम अन्तर्गत उद्यमशीलता चुनौती परियोजना अन्तर्गत शिवराज नगरपालिकामा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटामा अध्ययनरत विद्यार्थी समूहद्वारा सञ्चालित खाजा महोत्सव सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा सहभागी उद्योग वाणिज्य सङ्घ चन्द्रौटा कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष सहित विभिन्न वडाका वडाध्यक्षहरूले विद्यालयले गरेको कामको प्रशंसा गर्दै अरु सामुदायिक विद्यालयहरूले यस्तै व्यवहारिक शिक्षाको लागु गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले बजारमा पाइने भन्दा स्वादिष्ट परिकारहरू आज राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत भाइबहिनीहरूले बनाएको र अब यसैगरी अरु सामुदायिक विद्यालयहरुले पनि गर्नुपर्ने बताउनुभयो । त्यस्तै व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान दिनको लागि आग्रह गर्दै यस्तो कार्य गर्नका लागि आवश्यक सहयोगका लागि व्यापार संघ कपिलवस्तु सधैं तत्पर रहेको समेत बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार