लुम्बिनी विकास बैंक चन्द्रौटा शाखामा आगलागी,करिव ५० लाख बराबरको क्षति कपिलवस्तु

साउन १० गते । कपिलवस्तु

शनिबार बिहान कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा रहेको लुम्बिनी विकास बैंक चन्द्रौटा शाखामा आगलागी भएको छ। विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक आशंका गरिएको छ। आगलागीका कारण बैंक तथा सोही भवनमा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। आगलागी भएको सूचना पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वडा प्रहरी कार्यालय चन्द्रौटा, शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकाबाट खटिएको दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो। घटनास्थलमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

धेरै पढिएको

ताजा समाचार