कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

साउन १९, कपिलवस्तु।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए ।

गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।

धेरै पढिएको

ताजा समाचार