काठमाडौं ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सहमति भएको छ ।
उनीहरूबीच चार बुँदे सहमति भएको हो । आज विप्लव र ढुङ्गानाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिमा जेनजी विद्रोहको मागहरू पुरा गर्न सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।









