शिवराज नगरपालिका वडा नम्बर १ ले ९८ प्रतिशत योजना सम्पन्न गर्यो

कपिलवस्तु-वडावासीको चाहना अनुसारका   आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम ल्याउन वडागत योजनाको तर्जुमा गर्ने शिवराज नगरपालिका वडा नम्बर एक अध्यक्ष खिम विक्रम के सीले बताउनु भएको छ ।

गत वर्ष २०७९/०८० मा वडा गतरुपमा तर्जुमा भएका ९८ प्रतिशत योजना सम्पन्न गर्न सफल भएको वडा अध्यक्ष खिम विक्रम के सी ले बताउनु भएको छ ।वडाले चालु वर्षका अधिकांस योजना सम्पन्न गरिसकेको उहाँले बताउनु भयो ।

चालु आर्थिक वर्ष तर्फका उज्यालो वडा अभियान , वडा भित्रका विभिन्न ठाउँमा सडक स्तरोन्नती , सोनपुरमा स्वास्थ्य खोप केन्द्र स्थापना, वडा भित्र जेष्ठ नागरीकको घरमै स्वास्थ्य परीक्षण, वडाका विभिन्न टोलमा सुचना पार्टिको ब्यवस्था , शिक्षा, स्वास्थ,खेलकुद खानेपानी ,कृषि, गर्भवती– सुत्केरी महिलालाई घरघरमै पौष्टिक आहार ,लक्षित वर्गका लागि सिप विकास तालिम लगायतका योजना सम्पन्न भएको वडा अध्यक्ष केसिले बताउनु भयो ।

यसैगरीे उमरी र र २ वटा अवरुद्ध रहेका योजनालाइ सहमतिबाट संचालनमा ल्याइएको समेत उँहाले बताउनु भयो । । बाकिं केहि योजनाहरु प्नि निर्माणाधिन अवस्थामा रहेकाले सबै योजना सम्पन्न गर्न सफल हुने अध्यक्ष के सी ले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार