शिवराजको हंसबाहिनी संस्थागत विद्यालय छात्रतर्फ जिल्ला प्रथम

कपिलवस्तु -संस्थागतको छात्रतर्फ जिल्ला प्रथम भएको हंसबाहिनीको दाबी ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ खरेन्द्रपुरमा रहेको हंसबाहिनी चिल्ड्रेन एकेडेमीले एसईई को नतिजामा संस्थागत विद्यालयको छात्रतर्फ जिल्ला प्रथम भएको दाबी गरेको छ।

विद्यालयका प्रधानाध्यापक अजय त्रिपाठीले आफ्नो विद्यालयका छात्र कृष्ण प्रजापतिले ३.८० जिपिए लाएर जिल्लामै संस्थागत विद्यालयमा जिल्ला र नगर प्रथम भएको दाबी गरेका हुन्।विगतका वर्षमा पनि उत्कृष्ट नतिजा दिलाउन सफल रहेको विद्यालय यस वर्ष पनि ऐतिहासिक नतिजा दिन सफल भएको त्रिपाठीले बताए ।
सोही अवसरमा ७०% रिजल्ट दिलाउन सफल विद्यालयले सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।
संस्थागतको छात्रतर्फ भने सनसाइन बोर्डिङकि सुधा चौधरी जिल्ला प्रथम भएको बताएको छ।

धेरै पढिएको

ताजा समाचार