कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकाले आपतकालीन सेवाको लागि क्युआर कोड स्क्यानरको सुरुवात गरेको छ । प्रविधिमार्फत दमकल, प्रसूति सेवा, प्रहरी सेवा, स्वास्थ्य सेवा, एम्बुलेन्स, शव वाहन लगायतका सेवाहरूमा नागरिकले सरल र सहज रूपमा सेवा प्राप्त गर्ने नगर प्रमुख अजय थापाले बताउनु भयो ।
क्युआर कोड मार्फत आपतकालीन सेवाहरूलाई छिटो उपलब्ध गराउने उदेश्य रहेको नगर प्रमुख थापले बताउनुभएको छ। पालिकाले हरेक सेवालाई प्रविधिमैत्री बनाउने लक्ष्यमा रहेको भन्दै प्रविधिसंग जोडिएको बताउनु भयो ।
युवा प्रतिभा विशेष सम्मान गर्दै नगर प्रमुखले स्थानीय क्षमतावान युवाहरूलाई प्रोत्साहित गर्ने मेयर थापाले बताउनु भयो ।
क्युआर कोड स्क्यान गरेर वा वेब ब्राउजरमा shivaraj.vercel.app लेखेर पनि यो सेवा प्राप्त गर्न सकिने क्यु आर कोड बनाउनु भएका शिवराज १ शिवपुरका निराजन आचार्यले जानकारी दिनु भयो ।
कार्यक्रममा शिवराज वडा नम्वर १ का वडा अध्यक्ष खिम विक्रम के.सी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरी, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्राई लगाएको उपस्थिती रहेको थियो ।










