कपिलवस्तु – कपिलवस्तुको कृष्णनगरबाट ६ सय ४५ लागु औष क्यापसुल सहित एक जना पक्राउ परेका छन ।
ईलाका प्रहरी कार्यालय कृष्णनगरले लागू औषध सहित दाङ राप्ती गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष २४ का अर्जुन भनिने राजु बिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मोहन मणि अधिकारीले जानकारी दिनुभयो ।
बुधबार बेलुका ८ बजे पैदल हिँडिरहेका राजु बिकलाई चेकजाँच गर्दा उनको साथबाट ठूलो मात्रामा लागुऔषध फेला परेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो
प्रहरीका राजु बिकको साथबाट ३ पत्ता निट्राजेप्म निट्राभेट, ४५ क्यापसुल र ट्रामाडोल हाइड्रोक्लोराइड ६०० क्याप्सुल बरामद गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिनुभयो ।
पक्राउ परेका राजुको साथबाट एक थान मोबाइल समेत बरामद भएको छ ।
राजुको बारेमा अदालतबालाई आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।









