कपिलवस्तु – कपिलवस्तुको बनगाईमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ।
सुपादेउरालीबाट रिजर्भ गरेर पश्चिमबाट पूर्वतर्फ गइरहेको लु २ ख ३१५ नम्बरको बसले ठक्कर दिएर अर्घाखाँचीको खनदह घर भई हाल बाणगंगा नगरपालिका–७ मा बसोबास गर्दै आएका ३६ वर्षीय भीमलाल पोख्रेलको ज्यान गएको हो।
इलाका प्रहरी कार्यालय, पिपराका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ। मृतक पोख्रेलको शव पोष्टमार्टमका लागि पिपरा अस्पतालमा राखिएको छ।









