बैशाख १८ गते/चन्द्रौटा, कपिलवस्तु
१३६ औं श्रमिक दिवश भब्यताका साथ समपन्न भएको छ । शिवराज नगरपालिकाको चन्द्रौटामा एक कार्यक्रम बिच बिहिबार सम्पन्न भएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा एक्सनएड नेपालको सहयोगमा र शिबराज नगरपालिकाको सहकार्यमा १३६ औं श्रमिक दिवश सम्पन्न भएको हो ।
कार्यक्रममा बेल्दै शिवराज नगरपालिका उप प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति शिवकुमारी चौधरीले अझै पनि उद्योग तथा बिभिन्न निकाएमा काम गर्ने महिलाहरुले पुरुष सरह ज्याला पाएका छैनन त्यसका लागि नगरपालिकाले पहल गरेको बताउनु भयो । उप प्रमुख चौधरीले अझै पनि घरेयासी काम महिलाले मात्रै गर्नुपर्छ भन्ने मान्यता आम मानिसमा रहेको बताउँदै जनचेतनाका लागि हामि सबैले पहल गर्नु पर्ने बताउनु भयो ।
त्यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका स्थानिय अधिकार कार्यक्रमका संयोजक अजय चौधरीले श्रम गर्ने श्रमिकको स्वास्थ्य सुरक्षा सम्बन्धि अधिकारका लागि सबै निकाएले पहलकदमी गर्नु पर्ने बताउँदै समान कामको समान ज्यालाका लागि लिखित भए पनि पुर्णरुपमा कार्यान्वयमा आउन नसकेको बताउँदै स्थानिय सरकारले पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा अधिकार कर्मी मिना परियारले श्रमगर्ने श्रममिहरुको सुरक्षाको ग्यारेन्टी नभएकोमा दुखद भएको बताउनु भयो । प्रशिक्षणको क्रममा उद्योगधन्दा कलकारखानामा अझै पनि काम गर्ने श्रमिकहरुको इन्सुरेन्स लगायतका सुरक्षाका ग्यारेन्टी हुन सकेको देखिदैन । संघ,प्रदेश र स्थानिय सरकारले श्रमिकका हकमा लिखित भए पनि कार्यान्वयन हुन नसकेको बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा न.१० का अध्यक्ष मन्जु मिश्रा,नागरिक मन्चका अध्यक्ष थानेश्वर खनाल,रेडियो समानताका प्रमुख राजु खराल,रेडियो शिवराजका स्टेशन प्रमुख दिपक केसि,मेरो साथी एफएमका प्रमुख चिन्ता परियार लयायत अधिकारको क्षेत्रमा काम गर्ने बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम सिद्धार्थ सामाजिक विकास केन्द्रका स्थानिय अधिकार कार्यक्रमक संयोजक अजय चौधरीको अध्यक्षतामा शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीको प्रमुख आथित्यतामा सबिता अधिकारीको संचालनमा सम्पन्न भएको हो ।










