जेठ १४ गते / कपिलवस्तु
शिवराज–४ बन्क्ट्टिमा सञ्चालित लोकप्रिय रेडियो स्टेशन मेरो साथी एफ.एम. ९२.२ मेगाहर्जले आगामी जेठ १५ गते आफ्नो ७औँ वार्षिक उत्सव भव्य रूपमा मनाउने तयारी गरेको छ। गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिने सो कार्यक्रममा सांस्कृतिक साँझ समेत समावेश गरिएको छ।
कार्यक्रमको आयोजनाबारे जानकारी दिँदै एफ.एम.का सञ्चालक चिन्ता परीयारले विविध सांगीतिक प्रस्तुति र मनोरञ्जनात्मक कार्यक्रममार्फत श्रोताहरुलाई थप नजिक ल्याउने उद्देश्य रहेको बताए।
उक्त सांस्कृतिक साँझमा चर्चित गायिका सिर्जना खत्री (हाउडे माया) को विशेष प्रस्तुति रहनेछ। साथै गायक शिव खनाल, दिपक भण्डारी, र सर्मिला रनपाल लगायत कलाकारहरूको प्रस्तुति रहनेछ।
कार्यक्रममा मोडल आरसी मगर, मोडल सागर परियार, कपिलदेव, बबिता घिमिरे, रोहित भोजपुरेया, रमाशंकर राय लगायत अन्य चर्चित कलाकारहरूको पनि सहभागिता रहनेछ।
यस भव्य समारोहको व्यवस्थापनमा क्प्थ् एचयमगअतष्यल, ऋजष्ललष् म्ष्नष्तब िब्चतक, ब्च्थ्ब्ल् प्ज्ब्ल्, द्यच् ज्यतभ,ि तथा ध्भअियmभ ँबmष्थि च्भकतबगचबलत लगायतका संस्थाहरुले सहयोग गर्नेछन्।
मेरो साथी एफ.एम., स्थापनाकालदेखि नै स्थानीय कला, संस्कृति र समुदायको आवाज उठाउँदै आएको लोकप्रिय एफ.एम. हो। यस प्रकारको भव्य सांस्कृतिक कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै समुदायमा एकता र मनोरञ्जनको सन्देश फैलाउने आयोजकको विश्वास छ।









