कपिलवस्तु, शिवराज — २०८१ असार १
शिवराज नगरपालिका वडा नं. ३, मदवास्थित श्री आध्यात्मिक विद्यालयको प्राङ्गणमा हिजो एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रहटावल सामुदायिक वन उपभोक्ता समिति, शिवराज न.पा.–३ र ५ द्वारा आयोजित शिविरमा स्थानीय समुदायलाई लक्षित गर्दै विविध स्वास्थ्य सेवा प्रदान गरियो ।
शिविरमा बुटवल प्रादेशिक अस्पताल तथा चौराहा अस्पतालका विशेषज्ञ डाक्टरहरूको टोलीले स्वास्थ्य जाँच गरेका थिए । शिविरमा ओ.पी.डी. सेवा, नशा, टाउको तथा मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा, पेट, छाती, सुगर, हर्मोन तथा थाइराइड रोग विशेषज्ञ सेवा, हाडजोर्नी तथा नसासम्बन्धी रोग विशेषज्ञ सेवा, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा प्रर्दान गरिएको थियो ।
शिविरमा डा. विवेक पौडेल, डा. रमेश थापा, डा. सञ्जय साह, डा. सन्तोष चौधरी, र डा. सीमा चौधरी लगायतका विशेषज्ञ चिकित्सकहरूले विरामि जाच गरेका थियो । शिविर विहान ८ बजे सुरु भई दिनभर सञ्चालन गरिएको थियो । यस कार्यक्रमको सहआयोजकमा रतनवेल सामुदायिक अस्पताल रहेको थियो । यस सेवाबाट रहाटावल सामुदायिक वनका उपभोक्ताहरू लाभान्वित भएका छन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश क्षेत्र नम्बर ३ क प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, वैज्ञानिक वन व्यवस्थापन समिति अध्यक्ष रेनुसेनको विशिष्ट अतिथ्यता, वन अधिकृत पलमान सेमार्जु मगर, वडा नम्बर ३ का वडा अध्यक्ष टेकलाल सापकोटा लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि को सहभागितामा आयोजित कार्यक्रममा रहतल सामुदायिक वन उपभोक्ता समितिका विभिन्न पदाधिकारी, सदस्य हरूको सहभागिता रहेको कार्यक्रमको अध्यक्षता यज्ञप्रसाद बेलबासेले गर्नुभएको थियो ।
स्थानीय तहको सहकार्यमा आयोजित यस्ता स्वास्थ्य शिविरहरूले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुर्याउन उल्लेखनीय भूमिका खेल्ने आयोजक संस्थाका प्रतिनिधिहरूले बताएका छन्।









