असार १६ / कपिलवस्तु ।
एकीकृत सुरही वन उपभोक्ता समितिद्वारा आफ्ना उपभोक्ताका अध्ययनरत छोरा छोरीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । जस अन्तर्गत आज शिवराज नगरपालिका वडा नम्बर २ मा रहेको श्री जनता आधारभूत विद्यालयका २० जना छात्रा छात्रहरुलाई शैक्षिक सामग्री सहयोग गरेको हो। शैक्षिक सामग्री अन्तर्गत एक थान झोला एक दर्जन कापी र पेन्सिल वितरण गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एकीकृत सुरहि वन व्यवस्थापनका समितिका अध्यक्ष फनेश्वर न्यौपानेले आफ्नो वनका उपभोक्ताहरूका बालबालिकाले कुनै पनि अवस्थामा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यस्तो कार्य निरन्तर गरिरहेको र यस कार्यालय अरु परिमार्जन गर्दै आफ्नो वनका उपभोक्ताका बालबालिकाले पढ्ने विद्यालयमा अक्षकोष स्थापना गर्ने पनि बताउनुभयो।
जसले गर्दा अति विपन्न उपभोक्ताका बालबालिकाहरूलाई विद्यालयले नै त्यसै अक्षकोषबाट पठनपाठनमा सहयोग गरोस् भन्ने विश्वासले अक्षयकोष स्थापना गर्न लागेको बताउनुभयो।
सुरही वनका पदाधिकारीहरू उपाध्यक्ष प्रकाश न्यौपाने सदस्य प्रभु थारु बिना शर्मा, नारायण शाह, पुनम बिक, वेद प्रकाश खनाल, निशान पुन लेखा संयोजक कौशल राज न्यौपाने कार्यालय सचिव युवराज गिरी लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारी अभिभावक शिक्षक विभिन्न संघसंस्थका प्रमुख तथा प्रतिनिधि पत्रकार उपस्थितिमा सञ्चालित कार्यक्रमको सञ्चालन जनता आधारभूत विद्यालयका शिक्षक डिला पौडेलले गर्नुभएको थियो।









