शिवराजमा अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न । समयथान मा.वि. प्रथम


शिवराज, कपिलवस्तु

राष्ट्रिय बाल दिवसको विशेष अवसर पारेर कपिलवस्तुको शिवराज नगरपालिकामा कार्यक्षेत्र स्तरीय आधारभूत तह (कक्षा १–५) बीच ‘अन्तर विद्यालय परम्परागत नृत्य प्रतियोगिता’ भव्यताका साथ सम्पन्न भएको छ । शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी थारु को प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरूले आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थारुले बालबालिकाहरूको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन र मौलिक संस्कृतिको जगेर्ना गर्न यस्ता प्रतियोगिताहरूले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन ।

प्रतियोगितामा सहभागी १३ विद्यालयहरूमध्ये श्री समयथान मा.विले ८०.२ अंक ल्याउदै प्रथम स्थान, श्री दुर्गा भगवती मा.वि., नयाँबस्तीले ७६.६ अंक प्राप्त गरी द्वितीय स्थान, श्री नेपाल राष्टिय आ.वि., शितलापुरले ६५.८ अंक प्राप्त गरी तृतीय स्थान र श्री ज्ञानोदय आ.वि., सेमरीले ६३.२ अंक प्राप्त गरी सान्त्वना स्थान हासिल गरेका छन ।

‘अन्तर विद्यालय परम्परागत नृत्य प्रतियोगिता’ मा मदरसा मोहमदिय अल्साफया शिवरहवा, किसोर अर्दश आ.वि इस्लामनगर, श्री रंगीलाल आ. वि. सड़वा, श्री जनता आ. वि. लालपुर, श्री ब्रह्मदेव आ. वि. मर्जातपुर, श्री दुर्गेश नन्नदनी आ.वि थुनिया, बालहसं सांगवेद गुरुकुल सस्कृत पाठशाला खरेन्द्रपुर, श्री राष्ट्रिय आ.वि डकैया, मदरसा गोसिया फैजुल आ.वि चनइ  लगाएतका विधालयहरु सहभागिता जनाएका थिए ।

सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC) र एक्सन एड (ActionAid) को स्थानीय अधिकार कार्यक्रम (LRP-42) को आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा निर्णायकको भूमिका नरेश चौधरी, सोमनाथ चौधरी, सोभना, सावित्रा र कमला ज्ञवालीले गरेका थिए । विजयी विद्यालय तथा विद्यार्थीहरूलाई शिल्ड, मेडल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको थियो ।

मिति २०८१ भदौ ३१ गते आयोजना गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा रहेका परम्परागत नृत्य र कलालाई प्रोत्साहन दिएको आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

 

धेरै पढिएको

ताजा समाचार