१०औँ साधारण सभा सम्पन्न, कृषि र व्यावसायिकतामा जोडll


​हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडको १०औँ साधारण सभा सम्पन्न भएको छ । ​संस्थाका अध्यक्ष जीवन केसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्षको प्रगति प्रतिवेदन अध्यक्ष जीवन केसी स्वयंले प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन व्यवस्थापक सरसता केसीले र लेखा समितिको प्रतिवेदन पदम थामीले प्रस्तुत गर्नुभएको थियो ।

​कार्यक्रमको प्रमुख आतिथ्यता नेत्रराज अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्रप्रसाद बेलबासे र वडा नं. २ का वडा अध्यक्ष रामबहादुर चौधरी रहनुभएको थियो ।
​कार्यक्रममा शिवराज सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारी, हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडका सल्लाहकार संयोजक विष्णुप्रसाद खतिवडा, सदस्य हेमराज शर्मा, राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी लगायत सेयर सदस्यहरू तथा विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
​समारोहमा ‘ सहकारी परम्परागत बचत र ऋण लगानीमा मात्र सीमित नरही कृषि क्षेत्रमा गरेको कामको सराहना गर्नुभयो । आफू संस्थापक मेयर हुँदा सुरु भएको यस संस्थाले छोटो अवधिमै गरेको प्रगतिप्रति खुसी व्यक्त गर्दै उहाँले सहकारीले अब व्यावसायिक रूपमा अझै फड्को मार्नुपर्ने बताउनुभयो ।


​वडा अध्यक्ष नेत्रप्रसाद बेलबासेले स्थानीय तह र सहकारीको सहकार्यबाट किसानको जीवनस्तर उकास्न सकिने विश्वास व्यक्त गर्दै सभाको सफलताको शुभकामना दिनुभयो । यस्तै, वडा नं. २ का वडा अध्यक्ष रामबहादुर चौधरीले साना किसानहरूको आर्थिक सशक्तीकरणमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले अघि बढ्न शुभकामना व्यक्त गर्नुभयो ।
​सल्लाहकार संयोजक विष्णुप्रसाद खतिवडाले संस्थाको नीति, विधि र सुशासनलाई सुदृढ बनाउँदै सेयर सदस्यहरूको हितमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो भने शिवराज सहकारी सञ्जालका अध्यक्ष शरद अधिकारीले स्थानीय सहकारी अभियानमा संस्थाको सक्रियताको प्रशंसा गर्दै समग्र विकासका लागि शुभकामना मन्तव्य राख्नुभएको थियो।


साधारण सभाको अवसरमा संस्थाले विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरेको छ । समारोहमा दुई जना जेष्ठ नागरिकलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर विशेष सम्मान गरिएको थियो । त्यसैगरी पशुपालन, तरकारी खेती, माछापालन, कुखुरापालन लगायतका विभिन्न कृषि क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनु भएका तथा सबैभन्दा धेरै दूध बिक्री वितरण गर्ने किसानहरूलाई सम्मानपत्र र मायाको चिनो सहित पुरस्कृत गरिएको थियो त्यस्तै एससीमा उत्कृष्ट नम्बर ल्याउने संस्थामा आबद्ध कृषकहरूका छोराछोरी विद्यार्थीलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो।। सोही अवसरमा संस्थाको विकासमा योगदान पुर्‍याउने पूर्व कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

​कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सरसता केसीले गर्नुभएको थियो । साधारण सभामा प्रस्तुत गरिएका प्रगति, आर्थिक तथा लेखा प्रतिवेदनमाथि छलफल गर्दै सहभागी वक्ताहरूले संस्थाले आगामी दिनमा कृषक लक्षित कार्यक्रम र व्यावसायिक गतिविधिलाई अझ विस्तार गर्ने अपेक्षा व्यक्त गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार