बञ्चरेडाँडामा प्रहरीले गर्‍यो हवाईफायर


काठमाडौं- काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो ।

त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढु‌ंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

धेरै पढिएको

ताजा समाचार