कपिलवस्तु-हिन्दू नारी हरूको महान पर्व हरितालिका तिजको अवसरमा भाद्र २ गते देखि १४ गते सम्म संचालन हुने तिज महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ ।
छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा शिवराज नगरपालिका ५ चन्द्रौटा महोत्सव स्थलमा आयोजना हुन लागेको तिज महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी गराएको छ ।
शिवराज क्षेत्रका पहिचान पर्यटन प्रवद्र्धन कला र संस्कृति जर्गेना गर्दै तिज पर्वको महत्व दर्साउने मुख्य उदेश्य सहित महोत्सवको आयोजना गरिएको महोत्सव मुलआयोजक समितिका संयोजक चिन्ता परियारले बताए ।
महोत्सवलाई आर्कषक बनाउन पार्किंङ व्यवस्थापन ,शिव लिंग निर्माण र माइती घर निर्माण , सेल्फी जोन निर्माण ,झुला ,वालउध्धान ब्यवस्थापन लगायतका काम तिव्र रुपमा संचान भएको बताए ।साथै महोत्सवमा स्थानीयतथा राष्ट्रिय स्तरका कलाकारको तिज विशेष प्रस्तुति रहने साथै आकर्षक पुरस्कार सहित तिज डान्स आईडल ,खुल्ला तिज गित प्रतियोगिता समेत रहेकाले आवेदन खुल्ला गरेको आयोजकले जनाएको छ ।
लामो समय सम्म कोरोना महामारीले गदा मनोरञ्जनात्मक कार्यक्रमहरू ठप्प रहेकोले तिजको अवसर उक्त कार्यक्रमले नागरीकहरु हर्षित बनेका छन ।