काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।भारतबाट मंगलबार मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
अझै ऋण र भुक्तानीको बक्यौता धेरै रहेको भन्दै अहिलेलाई मूल्य समायोजन गर्न नसकिने निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले बताउनु भएको छ , उहाँले निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुने समेत बताउनु भएको थियो ।