मदरसा शिक्षा व्यवस्थापन समितिको उपाध्यक्षमा कपिलवस्तुका खाँ


बुटवल – कपिलवस्तुका मसहुद खाँलाई लुम्बिनी प्रदेश सरकारले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन समन्वय समितिको उपाध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा हेरफेर सम्बन्धी ऐन संशोधनका लागि सूचना स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले मुख्यमन्त्री र मन्त्रीको तलब सुविधा बढाउन नभइ सरकारले नियुक्त गर्ने विज्ञहरुको तलब सुविधाका लागि ऐन संशोधन गर्न लागिएको बताउनु भयो ।

बैठकले लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्को संगठन संरचना र दरबन्दी स्वीकृत, आइसोलेसन अस्पतालहरुको सेवा निरन्तरता र अस्पतालमा कार्यरत जनशक्तिको करार म्याद २०७९ भाद्र मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

यस्तै जग्गा एकीकरण सम्बन्धी नियमावली, २०७९ को नियम ४ बमोजिमको उच्चस्तरीय निर्देशक समितिमा विज्ञ सदस्यहरुको सेवा सुविधा निर्धारण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनु भयो ।

धेरै पढिएको

ताजा समाचार