काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ ।राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।
गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गर्नु भएको थियो ।