कपिलवस्तु-हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ सूरु भएको छ ।पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने मुख्य उद्देश्यले बिहिबार देखि संचालन भएको तिज महोत्सव २०७९ को लुम्विनी प्रदेश सांसद अर्जुन कुमार केसीले उद्घाटन गर्नु भएको हो। उक्त महोत्सवको उद्घाटन गर्नु हुँदै सांसद केसीले नेपालीहरुका मौलिक संस्कृतिको जर्गेन गर्न यस्ता खालका मेला महोत्सवले टेवा पुराउने बताउनु भयो । उहाँले उद्धघाटन शत्रलाई सम्बोधन गर्दै आफनो ठाँउको विकास र समृद्धिको लागि आफै उठनु पर्ने आग्रह भएको थियो
मेलामा यहाँका ब्यापारीक सस्थाहरुले ब्यापारीक स्टलहरु राख्न सहमत नहुनु साँघुरो दृष्टिकोल हेर्दा यस्तो भएको तर्क समेत गर्नु भएको थियो । उहाँले यस्ता मेलाहरुले ब्यापार व्यवसायीहरु संग स्थानीय व्यवसायीको सम्बन्ध बढनुका साथै व्यापारमा ठुलो लाभ लिन सक्ने अवसरमा समेत योगदान पुराउने तर्क गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ठ अतितिको आशनबाट बोल्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले सांस्कृतिको उत्थाको निम्ती यो मेलाले टेवा पुराउने विशस ब्यक्त गर्दै आफ्नो क्षेत्रको प्रचार प्रसारको लागि अरुको मुख ताक्न भन्दा पनि सवैले आ -आफनो ठाँउबाट लागी पर्नु पर्नेमा जोड दिनु भयो । साथै मेललाले शिवराजको गरीमालाई अझै चौडा पार्ने विश्वास ब्यक्त समेत गर्नु भयो ।
साथै हरीतालिका तिजको अवसरमा आज देखि संचालन भएको तिज महोत्सवमा नेकपा एकिकृत समाजवादिका केन्द्रिय सदस्य मिना परियार , लोकतान्त्रिक समाजवादिका केन्द्रिय सदस्य रविद्धत्त मिश्र, उध्योग वाणिज्य संघका केन्द्रिय सदस्य जमसेर अलिमिया , ब्यापार संघका केन्द्रिय सदस्य महादेव पोख्रेल ,नगर उप प्रमुख शिवकुमारी थारु ,समाज सेवि सहिश शाह ,राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका सभापति विष्णु प्रसाद खतिवडालगायत विभिन्न राजनितिकदलका प्रतिनिधि , विभिन्न संघ सस्थाका प्रतिनिधिहरुल कार्यक्रम एवम तिज पर्वको शुभकामना ब्यक्त गरेका थिए । छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा आ देखि सूरु भएको मेलमको उद्धघाटन शत्रको कार्यक्र महोत्सव मुलआयोजक समितिका संयोजक चिन्ता परीयारको अध्यक्षतामा सम्पन्न भएको हो । अज महोत्सवमा कार्यक्रममा विभिन्न विध्यालयबाट सहभागि विध्यार्थीद्वारा झाँकि प्रदर्शन , स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । ।
भदौ १४ गतेसम्म सञ्चालन हुने महोत्समा सांस्कृति झल्काउने शिव लिंग निर्माण र माइती घर निर्माण, सेल्फी जोन निर्माण, झुला, वालउध्धान ब्यवस्थापन, महोत्सवमा ख्याती प्राप्त कलाकारको बेजोड प्रस्तुती रहने आयोजकको भनाई रहेको छ । ।साथै भोलि आधा दर्जन राष्ट्रिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै भोलि देखि डान्स आईडलको अडिसन र खुल्ला तिज गित प्रतियोगिता समेत हुने आयोजकले आयोजकले जनाएको छ ।