
कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा संचालित तिज महोत्सवको छैठौं दिन (आज) चर्चित लोक तथा दोहोरी गायिका पुर्णकला विसी , शोभा त्रिपाठी ,लोक गायक दिपु मथर , पार्ववति आचायलगायतका कलाकारसगैं स्थानिय कलाकार र डान्सर वविता धिताल र नित्य निर्देशक संघ कपिलवस्तुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ ।
साथै तिज डान्स आइंडलमा हिंजोको प्रस्तुति र हिजों (सोमबार)परेको भोटको आधारमा एक जना आईडलबाट बाहिरीले आयोजकले जनाएको छ साथै आजदेखि खुल्ला तिज गित प्रतियोगिता समेत सुरु हने भएको छ।सोमबार मेला मुल आयोजक समितिले उध्योग वांणिज्य संघ चन्द्रौटाका नव निर्वाचित पदाधिकारी टिमलाई सम्मान समेत गरेको थियो ।मेलामा सहभागि जनाउनु भएका चन्द्रौटा उद्योग वाणिज्य सङ्घ चन्द्रौटाका नव निर्वाचित अध्यक्ष ईश्वरीप्रसाद पाण्डे वाणिज्य उपाध्यक्ष दमन प्रसाद क्षेत्री , सदस्यहरू रामचन्द्र (विराट) के सी , माधवराज घिमिरेलगायतको टिमलाई सम्मान गरेको हो ।
छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा भदौ १४ गतेसम्म संचालन हुने छ ।हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा तिज महोत्सव २०७९ सूरु भएको महोत्सवले पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना गर्ने विश्वश लिईएको छ ।