एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमित चेल्सीले लेस्टर सिटीलाई २–१ गोल अन्तरले हराएको हो ।
चेल्सीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे । लेस्टरका हार्भे बान्र्सले एक गोल फर्काए । खेलको २८ औं मिनेटमा कोनोर गल्लाघेरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा चेल्सी १० खेलाडीमा समेटिएको थियो ।
तर, खेलको ४७ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा स्ट्रर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको अग्रता २–० को बनाए । त्यसपछि ६६ औं मिनेटमा बान्र्सले गोल गरेपनि लेस्टरको हार टार्न सकेनन् । जितसँगै ४ खेलमा ७ अंक जोड्दै चेल्सी छैटौं स्थानमा रहेको छ । समान खेल खेलेको लेस्टर १ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।