मेला महोत्सव स्थानिय प्रतिभाको लागि अवसरको मैदान हो:प्रतिनिधि सांसद शाह


कपिलवस्तु-कपिलवस्तुको चन्द्रौटामा भाद्र २ गते देखि संचालित तिज महोत्सवको मंगलवार एक कार्यक्रमकावीच समापन भएको छ ।पर्यटन प्रवद्र्धन, कला र संस्कृति जर्गेना भन्ने मूल नारा सहित आयोजना गरिएकोे महोत्सवको एक कार्यक्रमका विच समापन भएको हो । छमछमी इन्टरटेमेन्ट प्रालिको आयोजनामा हिन्दु महिलाहरुको महान चाड हरीतालिका तिजको अवसरमा भएको महोत्सको समापन शत्रलाई सम्वोधन गर्दै प्रतिनिधि सांसद एवंम कार्यक्रमका प्रमुख अतिथी अभिषेक प्रताप शाहले महोत्सवले संस्कृतिको संरक्ष्णमा टेवा पुराउनुका साथै यसक्षेत्रको आर्थिक समृद्धिलाई समेत सहयोग पु¥याउने बताउनु भयो ।

सांसद शाहले मेला महोत्सवले संस्कृतिको जगेर्ना र संरक्षण गर्न सहयोग गर्ने बताउनु भयो ।मेला महोत्सवले स्थानिय प्रतिभाको लागि अवसरको मैदान रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद अर्जुन कुमार के सी ले यस क्षेत्रका धार्मिक पर्यटनको प्रवर्द्धनकको लागि महोत्सवले थप टेवा पुराउनुका साथै यस क्षेत्रको परिचय स्थापित गर्न भूमिका खेल्ने बताउनु भयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले तिज मेलाले सबै नगरवासिलाई पर्वको अवसरमा एकै ठाउँमा जोड्ने काम गरेको बताउनु भयो । पहिलो पटक कपिलवस्तुमा सुरु भएको तिज महोत्सवले शिवराजको गरीमालाई बढाएको समेत बताउनु भयो ।

मेला मुल आयोजक समितिका संयोजक चिन्ता परियारको अध्यक्षतामा समापन कार्यक्रममा वडा अध्यक्ष नेत्र बेल्बासे , चेम्बर अफ कमर्श केन्द्रिय सदस्य महादेब पोख्रेललगायत विभिन्न राजनितिकदलका प्रतिनिधि एवम विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।
मेला मुल आयोजक समितिका सह संयोजक दिपक के सी को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संयोजक चिन्ता परियारले महोत्सव सफल पार्न सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संघ संस्थाहरुलाई धन्यवाद धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कृष्ण गैरे माधव बेल्बासे ,कमल विष्टलगायतकोे सहजीकरण रहेको थियो ।

तिज महोत्सवको समापन समारोहमा डान्स आईडल खुल्ला तिज गित प्रतियोगिताको नतिता पनि प्रकाश भएको थियो ।महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको तिज डान्स आईडलको उपाधि फफुरी इङलिस वोर्डिङले हाता पारेको छ। । भाद्र २ गते देखि १४ गते सम्म संचालन भएको महोत्सवमा १० वटा सहभागि समुहलाई पछि पार्दै फफसरीले जित हाँसिल गरेको हो ।

त्यस्तै तिज महोत्सवको आईडलमा मेनुका शिरिषको समुह दोस्रो, लक्ष्मी बेल्बासे तेस्रो र हिमा जि एमले चौथो स्थान प्राप्त गरेका छन । तिज महोत्सवको आईडल बनेको वोर्डिङले जित सगै ५१हजार १ सय ११ नगद पुरस्कार पाएको छ भने क्रमश दोस्रो र तेस्रोले २१ हजार १ सय ११ र ११ हजार १ सय ११ पाएका छन ।

त्यस्तै ६ वटा समुह सहभागि भएको खुल्ला तिज गित प्रतियोगिताको उपाधि आवर मदर ल्याण्डको समुहले पाएको छ भने दोस्रो स्थानमा सिदार्थ क्याम्पस वुङ्गचिको समुह र तेस्रो शुनिल (चन्द्रौटा) समुह बनेको सांस्कृतिक संयोजक सुमन पौडेलले जानकारी दिनु भयो ।खुल्ला तिज गित प्रतियोगितामा प्रथम बनेको समुहले ३३ हजार ३ सय ३३, दोस्रो हुने समुहले २३ हजार ३ सय ३३ र तेस्रो भएको समुहले १३ हजार ३ सय ३३ नगद राशि पाएका  छन ।

धेरै पढिएको

ताजा समाचार