वीरगञ्ज- मधेस प्रदेशमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले ५०-५० प्रतिशत सिटमा दावी गरेका छन् ।प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य दुवैतिर ५० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसका नेताहरुको माग छ । बाँकी अरु दलले भागबण्डा गरेर लिनुपर्ने तर्क उनीहरुले गरेका छन् । मधेस प्रदेशका ८ जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष निर्वाचनबाट ३२ जना प्रतिनिधि सभा सदस्य चुनिएर आउँछन् । हरेक निर्वाचन क्षेत्रमा २ वटा गरी ६४ वटा प्रदेश सभा सिट छ ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले गठबन्धन नभए पनि मधेशमा कांग्रेसले एक्लै १६ भन्दा बढी सिट जित्ने दावी गरे । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष एवं सांसद रामबाबु कुमार यादवले प्रदेश सभातर्फ ३६ सिट र प्रतिनिधि सभातर्फ १८ सिट पाउनुपर्ने दावी गरे ।