कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुख व्यापारिक चन्द्रौटा, खरेन्द्रपुर , शिवपुरको सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्न सम्बन्धित निकायले बेवास्ता गर्दा समस्या बन्दै गएको छ । स्थानीय सरकारले छाडा पशु चौपायाको व्यवस्थापन गर्न ठोस कदम चाल्न नसके पछि दिन प्रति दिन सास्ति बन्दै गएको छ ।पशुचौपायाले ठाउँ–ठाउँमा सडक कब्जा गरेपछि सवारी दुर्घटनाको जोखिम ह्वात्तै बढेको छ ।
स्थानीयले पटपटक आवाज उठाउँदा पनि शवराज नगरपालिकाले झिनो प्रयास समेत नगर्दा समस्याको समाधान हुन सकेको छैन । छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै स्थानियहरुले पटकपटक आवाज उठाउँदा समेत नगर मौन रहेको नगरवासिहरुले आरोप लगाएका छन ।
कानुनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिए पनि शिवराज नगरले कानुलाई वेवास्ता गर्दै छाडा पशु चौपाया व्यवस्थित गर्न स्थानीय सरकार उदासीन देखिएको छ । छाडा पशु चौपायाले गर्दा सडक जाम हुने, सडक दुर्गन्धित हुने , सथानियहरुको कृषि वालि नष्ट पार्ने घटना नयाँ होइन ।अहिले शिवराजका विभिन्न चोक तथा सडकका गल्लीमा छाडा चौपायाको हुल नै देखिन्छ ।
सम्बन्धित निकायको उदासिनताले बजार क्षेत्रमा पछिल्लोपटक बढेको छाडा चौपायाले सवारी अवागमनमासमेत समस्या पैदा गरेको सर्वसाधारणको गुनासो छ । सडकमा जथाभावी छाडिएका छाडा चौपायाले ट्राफिक आवागमनमा समस्या हुन थालेको छ ।
नगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न शिवराज नगरपालिकाले कुनै कदम नचालेको नगरवासिको जनगुनासो गरेका छन । केहि महिना अगाडि छाडा चौपायाको व्यवस्थापन गर्न जिल्लाका सबै पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितको वैठकले बुद्धभुमी नगरपालिका वडा ९ मा रहेको गब्दहवा स्थानमा १ सय हेक्टर क्षेत्रफलमा तारवार गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै शिवराजका मेयर थापाले शिवराज नगरपालिकाले यस वर्ष छाडा चौपायाका व्यवस्थापनको लागि १० लाख रकम विनियोजन गरेको समेत बताएका थिए ।