कपिलवस्तुको महाराजगन्जमा नदीमा डुबेर एक बालकको मृत्यु


कपिलवस्तु -कपिलवस्तुको महाराजगन्ज नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । महाराजगन्ज नगरपालिका–८ स्थित वाणगंगा नदीमा डुबेर सोही नगरपालिका कजरहवा बस्ने रमेश बर्माका ९ वर्षीय छोरा मोहित बर्माको शनिबार मृत्यु भएको हो।

उक्त नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार