पारिश्रमिक कटौतीविरूद्ध भुमिकास्थानका बालविकास शिक्षकहरू आन्दोलित भिडियोसहित


कपिलवस्तु-सरकारले घोषणा गरेको न्यूनतम पारिश्रमिक नगरपालिकाले कटौति गरेको भन्दै अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका  बालविकास शिक्षकहरु आन्दोलित भएका छन ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित बनेका हुन । चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी नगरपालिकाले बाल विकास शिक्षकको मासिक पारिश्रमिकमा २ हजार रुपियाँ कटौती गरेपछि बालविकास शिक्षक आन्दोलनमा उत्रिएका हुन् ।

यसअघि बाल विकास शिक्षकलाई मासिक ७ हजार रुपियाँ दिँदै आएको थियो ।आर्थिक वर्ष २०७९–०८० नगरपालिकाले बजेट व्यवस्थापन भन्दैै २ हजार रुपियाँ घटाएर मासिक ५ हजार रुपियाँ दिने निर्णय प्रति भुमिकास्थान नगरपालिकाका बालविकास शिक्षकहरु आन्दोलित भएका हुन । मंगलवार भुमिकारुथान नगर भित्र कार्यरत बालविकास शिक्षकहरु नगरपालिकामा पुगेर आन्दोलित भएका हुन । बलविकास हक हित संरक्षणका अध्यक्ष गोविन्दा चुँदालिले सहित नगर भित्र कार्यरत बालविकासका शिक्षकहरुले संघीय सरकारले गरेको निर्णयबमोजिम स्थानीय तहले पारिश्रमिक नदिएपछि उक्त नगर भित्र बाल विकासका मारमा परेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताउनु भयो ।

खाइपाई आएको पारिश्रमिक बढाउनुपर्नेमा आर्थिक व्यभार बढेको भन्दै दैनिक ६ घण्टा श्रममा खटिने बाल विकासको शिक्षकहरूको पारिश्रमक कटाएपछि आन्दोलनमा उत्रिएको अध्यक्ष चुँदालिले बताउनु भयो ।

आन्दोलनका लागि नगर परिसरमा पुगेका बालविकास शिक्षकहरुले खाइपाई आएको पारिश्रमिक कटौती नगरी नगरले दिने ७ हजार रुपियाँ कायम गर्नुपर्ने माग उनीहरूको छ ।

संघिय सरकारबाट ८ हजार र ७ हजार स्थानीय पालिकाले गरी बालविकासका शिक्षकलाई न्यूनतम १५ हजार रुपैयाँ पारिश्रमिक दिने भनिए पनि पटक पटकको परिपत्र अनुसार गत वर्ष ४ महिना १५ हजारका दरले तलव खाएका वाल विकासका शिक्षकहरुले यो आर्थिक वर्ष साउन देखि वृद्धि भएको २ हजारसहित १७ हजार तलव हुनु पर्नेमा संघिय सरकारबाट १० र स्थानिय तहबाट ७ हुनु पर्नेमा २ हजार कटौति गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन ।

उता भुमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले बालविकासका शिक्षकहरुको पारिश्रमिक बाफतको तवल कटौतिन उल्लेख गर्दै न्युनतव तवल वाफतको १५ हजार कायमै रहेको बताउनु भयो । उहाँले भन्नु भयो बृद्धिवाफतको रकम अन्य पालिकासगँ दाजेंर कायम गर्न नगरको आर्थिक कार्यभारले अधिक हुने भन्दै न्युनतम तलव १५ हजार मै सिमित राखेको बताउनु भयो ।उहाँले भन्नु भयो संघिय सरकारले ताके बमोजिम नै बालविकासका शिक्षकाको तलव नगरले दिएको दावि समेत गर्नु भयो । विगतका वर्षमा ७ हजारमा काम गर्दै आएका शिक्षकहरुको राज्य संघिय सरकार र स्थानिय सरकारको संयुक्त रुपमा अहिले १५ हजार तलव कायम गरेको समेत उल्लेख गर्नु भयो

चालु आर्थिक वर्ष २०७८/०७९ मा संघीय सरकारबाट ८ हजार र स्थानीय तहबाट ७ हजार गरी न्यूनतम मासिक १५ हजार उपलब्ध हुने व्यवस्थामा थप गर्दै २०७९/८० मा बालविकास शिक्षकको हकमा संघीय सरकारबाट २ हजार थप गरी १० हजार उपलब्ध गराउने गरी बजेटको व्यवस्था गरिएको छ।’योसँगै बालविकास शिक्षकको तलव मासिक १७ हजार रुपैयाँ पुगेको थियो ।

धेरै पढिएको

ताजा समाचार