स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित


काठमाडौं -स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई ४-० गोल अन्तरले हराएको हो ।

 

बार्सिलोनाको जितमा फ्रान्की डी योङ, रोबर्ट लेवान्डोस्की,अन्सु फाती, ओसुमाने डेम्बेलेले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनाले ५ खेलमा १३ अंक जोडेको छ । बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा काडिज अंक विहीन रहदै पुछारमा रहेको छ ।

 

धेरै पढिएको

ताजा समाचार