गठबन्धनको छलफल निष्कर्षविहीन, सोमबार पुनः छलफल हुने


काठमाडौँ- सिट बाँडफाँटबारे सहमति जुटाउन आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठक पुनः बिना निष्कर्ष टुंगिएको छ ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच आइतबार गठबन्धनमा सिट बाँडफाँटबारे छलफल भएको हो । त्यसबारे शनिबार साँझ पनि छलफल भएको थियो । तर, आइतबार बिहानको छलफलसमेत बिना निष्कर्ष टुंगिएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

 

‘गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको थियो । अहिलेसम्म कार्यदलमा के के भयो भन्नेबारे आजको बैठकमा जानकारी भयो,’ उनले भने, ‘अझैपनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आज सहमति हुन सकेन । भोलि फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रुप दिने कुरा भएको छ ।’

उनका अनुसार सोमबार बिहान ८ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो । गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाएपनि बाँकी सिटमा दलहरूबीच विवाद छ । त्यसबारे कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

 

धेरै पढिएको

ताजा समाचार