शिवराजका मृगौला पिडित थारुलाई युनिक स्वयमसेबक नेपालद्धावारा आर्थिक सहयोग हस्तान्त्रण


कपिलवस्तु-

युनिक स्वयमसेबक नेपालले शिवराज नगरपालिका वार्ड नं. १ का मृगौला पिडित नारायण थारुलाई आर्थिक सहायता प्रदान गरेको छ ।युनिक स्वयमसेबक नेपाल केन्द्रीय कार्यलय धरानले संचालन गरेको मृगौला पिडित नारायण थारु बचाउ अभियानमा संकलित रकम मंगलवार पिडितका बुबा मङ्गलुराम थारुलाई नगद रु दुई लाख बाउन्न हजार सात सय चालीस हस्तान्त्रण गरीएको युनिक स्वयमसेबक नेपालका अध्यक्ष एजिला बस्नेतले जानकारी दिनु भयो ।

२२ वर्षिय थारु केहि महिना पहिले देखि दुबै मृगौलामा समस्या देखिए पछि हाल सिद्धबाबाा हस्पिटल एण्ड रिसर्च सेन्टर रुपन्देहि बुटवलमा उपचाररत हुनुन्छ। पिडितका बुबाथारुले छोराकोे स्वस्थ्य अबस्थाको बारेमा जानकारी गराउँदै सहयोगी सस्था र दाताहरुलाई धन्यवाद दिदैें आफनो छोराकोे पुनर्जन्म पाउने आसा गर्दै थप सहयोगको अपिल गर्नु भएको थियो ।


कार्यक्रममा शिबराज नगरपालिकाका , उपमेयर शिवकुमारी थारु, युनिक स्वयमसेबक नेपालका अध्यक्ष एजिला बस्नेत, शिवराज नगरपालिका वडा न १ का वडा अध्यक्ष खिम विक्रम के सी ,वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे,मृगौला पिडित नारायण थारु बचाउ अभियानका सहजकर्ता लेखनाथ घर्ति  ,विभिन्न संघसस्थाका प्रतिनिधि, राजनितिकदलका प्रतिनिधि ,समाजसेवि पत्रकार लगायतको सहभागितामा संकलित सहयोग हस्तान्त्रण भएको हो ।

धेरै पढिएको

ताजा समाचार