विजयनगर वासिलाई पालिकाले निशुल्क रगत उपलब्ध गराउने


 

कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिकाले गाउँवासीलाई निशुल्क रगत उपलब्ध गराउने भएको छ । गाउँपालिका अन्तर्गतका विरामीहरुलाई आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउन मंगलबार नेपाल रेडक्रस सोसाइटी बुटवल शाखासंग सम्झौता गरेको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको रोहबरमा भएको सम्झौतामा गाउँपालिकाको तर्फबाट गाउँ पालिका अध्यक्ष गोपाल बहादु थापा , प्रमुख प्रसाशकिय अधिकृत शोभाराम रिजाल र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा बुटवलको तर्फबाट सभापति प्रेम लाल उदास र संयोजक कृष्ण पंगेनीले हस्ताक्षर गरेका छन् ।

दुई पक्षिय सम्झौता अनुसार बिरामीको उपचारको क्रममा रगत आवश्यकता अनुसार चिकित्सकबाट गरिएको सिफारिसको आधारममा गाउँपालिकाको बासिन्दा भएको पहिचान खुल्ने गरी परिचय पत्रको आधारमा रक्त संचार केन्द्र बुटवलले निशुल्क रगत उपलब्ध गराउनु पर्ने छ ।

‘विजयनगरका बासिन्दाले अबका दिनमा रगत चाहिएमा शुल्क तिर्नुपर्दैन । सरकारी र गैरसरकारी अस्पतालहरुमा जो जसलाई रगत चाहिन्छ उहाँहरुले निशुल्क रुपमा पाउनुहुन्छ । पहिचान पत्र लिएर ब्लड बैंक पुगे हुन्छ ,आकस्मिक समस्या पर्दा थोरै भएपनि राहत होस भनेर निःशुल्क रगतको बन्दोबस्ता मिलाएको गाउँ पालिका अध्यक्ष थापाले बताउनुभयो ।

 

धेरै पढिएको

ताजा समाचार